शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी युवा क्लबको साधारण सभा सम्पन्न, अध्यक्षमा दिनेश रुपाखेती

धुनिबेशी युवा क्लबको साधारण सभा सम्पन्न, अध्यक्षमा दिनेश रुपाखेती

नागरिक पाटी

९, चैत्र २०७६
  • 8.6K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ को धार्केमा धुनिबेशी युवा क्लबको साधारण सभा सम्पन्न भएको छ । धार्केमा रहेको नवज्योति सहकारीको सभाहलमा भएको सधारण सभाले १३ सदस्यि नयाँ कार्यसमिति सँगै ७ सदस्य सल्हाकार समिति समेत गठन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा दिनेश रुपाखेती, प्रथम उपाध्यक्षमा प्रकाश न्यौपाने, अन्य उपाध्यक्षहरुमा राजु भुजेल, सरोज गजुरेल, सचिवमा मदन भुजेल, कोषाध्यक्षमा दिनेश आचार्य चयन भएका छन । यस्तै गरी सदस्यहरुमा विक्रम लुइटेल, प्रमोद हमाल ,मनिष उप्रेती, प्रकाश भुजेल, सन्जिव भुजेल, दिपेन्द्र रेग्मी, अमिर श्रेष्ठ रहेका छन । त्यसैगरी क्लवको सल्लाहकार समितिको संयोजक रामचन्द्र आचार्य, सदस्यहरुमा जनक भुजेल, रामराजा रेग्मी, पुष्पराज रेग्मी, विशाल मानन्धर, विनोद आचार्य र विकास भुजेल रहेका छन् । यस क्लबको स्थापना २०६० सालमा भएको थियो । स्थापना कालदेखि नै क्लबले खेलकुद र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । क्लबले २०६३ सालमा भएको प्रथम एन्फा लिग जित्न सफल भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७६ आइतवार - २१:२९:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology