शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छिका वडा अध्यक्ष मोटरसाईकल दुर्घटनामा घाईते, उपचारका लागी हेलिकप्टरबाट काठमाडौं लगियो

गल्छिका वडा अध्यक्ष मोटरसाईकल दुर्घटनामा घाईते, उपचारका लागी हेलिकप्टरबाट काठमाडौं लगियो

नागरिक पाटी

९, चैत्र २०७६
  • 9.0K
    SHARES
  • धार्के । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ को गौँडेखोलामा मोटरसाईकल दुर्घटना हुदाँ वडाध्यक्ष सहित २ जना गम्भिर घाइते भएका छन् । धादिङको गल्छि गाउँपालिका वडा नम्बर १ बाट सुनौलाबजार हुदैँ धादिङबेशी जादै गर्दा प्रदेश ०३–००२००१ ब ०४२२ नम्बरको मोटरसाईकल गौँडेखोलामा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल भिरमा खस्दा वडाध्यक्ष सहित २ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ  । घाईते हुनेमा गल्छि गाउँपालिका वडा नंं १ का वडाध्यक्ष पुर्ण प्रसाद खतिवडा र सोहि ठाउँका रामहरी खतिवडा रहेका छन् । घाईते दुवै जनालाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ स्थित ग्राण्डि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोली स्थानिय नागरीकहरुले उद्धार गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७६ आइतवार - २१:४९:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology