शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विदेशीलाई पूर्ण रोक लगाउन र नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न संसदीय समितिको निर्देशन

विदेशीलाई पूर्ण रोक लगाउन र नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न संसदीय समितिको निर्देशन

नागरिक पाटी

१०, चैत्र २०७६
  • 6.4K
    SHARES
  • काठमाडौं । संसदीय समितिले विदेशीलाई पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिले विदेशीलाई नेपाल आउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो । त्यस्तै विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र सीमालगायतका भन्सार नाकाबाट आउनेको अनिवार्य चेकजाच गर्न निर्देशन दिएको छ । समितिले उपभोग्य वस्तु, औषधी, परीक्षण यन्त्र र कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सिकको सुरक्षाको उचित व्यवस्था मिलाउन पनि सरकारलार्ई निर्देशन दिएको छ । समिति बैठकमा सांसदहरुले तत्काल सीमा नाका बन्द गर्न र विदेशी मित्रराष्ट्रहरुले दिने सहयोग लिन सरकारलाई आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७६ सोमवार - ००:५४:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology