खानिखोला । धुनिबेशी नगरपालिकामा भएको विपद व्यवस्थापनको बैठकले नगरपालिकाको ४ स्थानमा क्वारेन्टाईन केन्द्र र २ स्थानमा आईशोलेशन केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले धुनिवेशी न.पा.–२ डुम्रेचौरमा रहेको नारायण आधारभुत विद्यालय, धुनिवेशी न.पा.–५ मा रहेको शारदा आधारभुत विद्यालय, धुनिवेशी न.पा.–९ मा रहेको कुवापानी आधारभुत विद्यालय र धुनिवेशी न.पा.–७ मा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयमा क्वारेन्टाईन केन्द्र निर्माण गरिने निर्णय गरेको हो ।
यस्तै बैठकले धुनिवेशी न.पा. वडा नं.–७ (नयाँ निर्मित भवन) मच्छिन्द्र बहुमुखी क्याम्पस र धुनिवेशी न.पा.–९ स्थित मजुवा कानाकोट स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनमा आइसोलेसन केन्द्र संचालनका लागि तयारी गर्ने निर्णय गरेको हो ।
यस्ता छन् अन्य विपद् व्यवस्थापन समितिको निर्णयहरुः–
निर्णय नं. १
कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि यस क्षेत्रमा संचालित सबै उद्योग व्यवसाय, होटल व्यवसाय र सवारी साधन संचालन नगर्न नगराउन सबैमा अनुरोध गर्ने।
निर्णय नं.२
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सबै नगरवासीहरुलाई अति आवश्यक काममा बाहेक घरभित्रै बस्न, सरसफाईमा ध्यान दिन, सावुन पानीले हात धुन, भिडभाड हुने स्थानमा नजानेजानै परे सम्भव भए सम्म माक्स प्रयोग गर्ने व्यवस्था मिलाउने ।
निर्णय नं.३
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी पूर्व तयारीसम्बन्धी व्यवस्था मिलाउन नगरस्तरीय समन्वय समिति र वडा स्तरीय समन्वय समिति लाई कोरोना भाइरस नियन्त्रण एवं निगरानीका लागि सक्रिय भई कामगर्ने गर्न लगाउने ।
निर्णय नं.४
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट वच्न र बचाउनका लागि तपसिल बमोजिम गर्न सबैलाई व्यापक प्रचार प्रसार गर्ने ।
तपसिलः–
क) नियमित रुपमा हरेक पटक कम्तिमा २० सेकेण्ड सम्म साबुव पानीले हात धुने ।
ख) फोहोर हातले मुख÷आँखा÷नाक नछुने ।
ग) ज्वरो सहित खोकीको लक्षण भएका व्यक्तिहरुको नजिकको सम्पर्कबाट टाढा बस्ने ।
घ) खोक्दा र हाच्छिँउ गर्दा नाक र मुखलाई हात वा कुहिनाले छोप्ने । तत्पश्चात हात साबुन पानीले तुरुन्त धुने ।
ङ) ज्वरो सहित खोकीको लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाने र स्वास्थ्यकर्मीसँग परामर्श लिने
च) माछा, मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने ।
निर्णय नं.५
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था पहिचान गर्न यस नगर क्षेत्रका निम्न ४ स्थानमा आवश्यकता अनुसार क्वारेन्टाईन केन्द्र संचालनको तयारी गर्ने।
१) श्री नारायण आधारभुत विद्यालय, डुम्रेचौर धुनिवेशी न.पा.–२
२) श्री शारदा आधारभुत विद्यालय, धुनिवेशी न.पा.–५
३) श्री कुवापानी आधारभुत विद्यालय, धुनिवेशी न.पा.–९
४) श्री मच्छिन्द्र माध्यमिक विद्यालय धुनिवेशी न.पा.–७
निर्णय नं. ६
कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको अवस्था देखिएमा त्यस्ता व्यक्तिहरुलाई उपचार गर्न तपसिल बमोजिमको स्थानमा आइसोलेसन केन्द्र संचालनका लागि तयारी गर्ने।
१) मच्छिन्द्र बहुमुखी क्याम्पस, धुनिवेशी न.पा. वडा नं.–७ (नयाँ निर्मित भवन)
२) मजुवा कानाकोट स्थित आधारभुत स्वास्थ्य केन्द्र भवन धुनिवेशी न.पा.–९
निर्णय नं. ७
हालको आपत्कालिन अवस्थाका लागि तत्काल आवश्यकता अनुसारका उपकरण खरिद गर्ने र सहजै खरिद गर्न नसकिने सामानहरु उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने ।
क) कम्तिमा २० ओटा वेड खरिद गरी तयारी अवस्थामा राख्ने ।
ख) कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था रोकथाम र नियन्त्रणका लागि सचेत र सजग हुन व्यापक रुपमा प्रचार प्रसार गर्दै जनचेतना अभिवृद्धि गर्ने ।
यस्तै यस अघि भएको कार्यपालिकाको बैठकले पनि विभिन्न निर्णयहरु गरेको छ ।