शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभाको बैठक चैत्र २३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत्र २३ गतेसम्मका लागि स्थगित

नागरिक पाटी

१२, चैत्र २०७६
  • 5.5K
    SHARES
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २३ गते सम्मका लागि स्थगित गरिएको छ। यसअघि चैत ६ गते बस्ने भनिएको बैठक १३ गतेका लागि स्थगित भएको थियो। कोभिड १९ को सम्भावित संक्रमणलाई ध्यानमा राख्दै बैठक स्थगित हुँदै आएको हो। अर्कोतिर सरकारले मंगलबारदेखि लागू हुने गरी एक सातालाई ‘लकडाउन’ सुरु गरेको छ। ‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक मिति २०७६ चैत २३ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी सूचनामा भनिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७६ बुधवार - १८:५६:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology