शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतबाट आएका धादिङ गोगनपानीका १६ युवालाई बैरेनीमा निर्मित क्वारेन्टाईनमा राखियो

भारतबाट आएका धादिङ गोगनपानीका १६ युवालाई बैरेनीमा निर्मित क्वारेन्टाईनमा राखियो

नागरिक पाटी

१२, चैत्र २०७६
  • 11.6K
    SHARES
  • धादिङ । रोजगारीको क्रममा भारतबाट आएका धादिङको गोगनपानीका १६ युवाहरुलाई गल्छि गाउँपालिका ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ । १६ जना युवा मध्ये एक जनालाई ज्वरो आएपछि सबै जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञवालीले नागरिकपाटीलाई बताउनुभयो । उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ । क्वारेन्टाईनमा राखिएका युवाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभयो । यस अघि सम्भावित जोखिमलाई मुल्याँकन गरि बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७६ बुधवार - २१:३६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology