शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात-निर्यात सुरु गरिने

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात-निर्यात सुरु गरिने

नागरिक पाटी

१३, चैत्र २०७६
  • 5.9K
    SHARES
  • काठमाण्डौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु गर्ने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गर्दै यस सम्बन्धी आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने जनाएको छ । यसैगरी समितिले अति आवश्यक बैंकिङ सेवा गृह र अर्थ मन्त्रालयको समन्वयमा नाका सञ्चालन गर्ने, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने तथा यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७६ बिहिवार - १३:१७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology