आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जुम्ल्याहा बच्चाहरुको नाम कोरोना र कोभिड

जुम्ल्याहा बच्चाहरुको नाम कोरोना र कोभिड

नागरिक पाटी

२४, चैत्र २०७६
  • 7.5K
    SHARES
  • एजेन्सी । घटना भारतको छत्तिसगढ राज्यको हो, त्यहाँ मार्च २७ देखि लक डाउन कायम गरिएको छ । राजधानी रायपुरको एउटा अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भयो, २७ वर्षिय आमा प्रिति शर्माले प्रेस ट्रस्ट अफ ईण्डियालाई बताएअनुसार आफ्ना सन्तानको यस विषम पस्थितीमा भएको जन्मलाई मातापिताले सदा संझन गर्न चाहन्थे, यसै कारणले बच्चाहरुको नाम नै कोरोना र कोभिड राखियो । कोरोना छोरी हुन् भने कोभिड छोरा हुन् । मातापिता बाहेक परिवारमा कोहिपनि अस्पताल जान सकेन्, लक डाउनले आवागमनमा निकै समस्या भयो, पूर्व प्रसुति जाँच पनि निकै समस्याका साथमा गर्न पाइएको थियो । गत हप्ता सरकारी अस्पतालमा सफलतापूर्वक ति जुम्ल्याहा बच्चाहरुको जन्म भयो । आमा प्रिति शर्माका अनुसार अस्पताल कर्मचरीहरुले नै ती नाम राख्न सुझाव दिएका थिए । बिनय बर्मा बच्चाहरुका पिता हुन्, ल्याटिन भाषामा कोरोनाको अर्थ क्राउन अर्थात श्रीपेचसंग गएर जोडिन्छ । भारत ३ हप्ते लकडाउनमा छ, यस लकडाउन अप्रिल महिनाको १४ तारिखसम्म चल्ने छ, १ दशमलव ३ विलियन जनसंख्याको आवादी भएको भारतमा महामारी फैलिएमा अवस्था निकै दर्दनाक हुन सक्ने अड्कलवाजी छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०७६ सोमवार - १७:१६:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology