शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"धादिङमा कोरोना भाइरसको पूर्वतयारी सन्तोषजनक छ" : सांसद त्रिपाठी

"धादिङमा कोरोना भाइरसको पूर्वतयारी सन्तोषजनक छ" : सांसद त्रिपाठी

नागरिक पाटी

२५, चैत्र २०७६
  • 6.3K
    SHARES
  • धुनिबेशी । बिश्वभर देखिएको कोरोना भाइरस कोभिड १९ को महामारीले आक्रान्त बनाएको अबस्थामा धादिङका अधिकांस स्थानिय तहहरुले पुर्बतयारीलाई तिब्रता दिएको सघिय सांसद तथा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य भुमि त्रिपाठीले बताउनुभएको छ । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बिश्व नै आक्रान्त भएको अबस्थामा नेपालमा पनि बिषेश तयारी भईरहेको छ । संघिय सांसद भुमी त्रिपाठीले नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रबेश गरेको भन्दै अझै तयारीहरुलाई तिब्रता दिन आबश्यक रहेको बताउनुभयो । उहाँले धादिङका सबै स्थानिय तहहरुले तयारी तिब्र बनाएको र यसबाट जनता स्वयम् पनि सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा लकडाउनको अबस्थामा रहेकाले यो नियम सबैले पालना गरिदिन आग्रह समेत गर्नुभयो । उहाँले कोरोनाबाट बच्ने मुख्य औषधी भनेकै एक अर्काबाट टाढा बस्ने भएकाले पनि यो नियम बिषेश कडाईका साथ पालना गर्न आग्रह गर्नुभयो । अहिले देश संकटमा परेको अबस्थामा बिकास निर्माणका काम भन्दा पनि जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो । जनता बचाए मात्र अरु विकासका कामको कल्पना गर्न सकिने भन्दै जनताको सुरक्षाको लागी बिकास तर्फको बजेट पनि प्रयोग गरेर जनता बचाउने तर्फ अग्रसर हुनुपर्ने बेला आएको उहाँको भनाई छ । अहिले लकडाउनको अबस्थामा कतिपय जनताहरु ज्याला मजदुरी गर्ने ब्यक्तिहरुको अबस्था कमजोर हुने भएकाले उनीहरुको रक्षा सरकारले गर्ने भन्दै संघिय सांसद त्रिपाठीले लकडाउनको अबस्थामा राहतका कार्यक्रमहरु ल्याएको बताउनुभयो । बडा तथा पालिकाहरुबाट साझेदारी गरेर यो राहतका कार्यक्रम अगाडी बढाईने र पारदर्शिताका साथ काम अगाडी बढ्ने उहाँको भनाई छ । साँसद त्रिपाठीले यो संकटको बेलामा सबै क्षेत्रबाट मिलेर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनुभयो । उहाँले काम बिषेश नपरी घरबाट बाहिर ननिस्कन पनि आग्रह गर्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - ०२:३९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology