आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १७ जना दुई साता पछि घर फर्किए

गल्छी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १७ जना दुई साता पछि घर फर्किए

नागरिक पाटी

२५, चैत्र २०७६
  • 6.8K
    SHARES
  • धादिङ । धादिङको गल्छी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १७ जना दुई साताको क्वारेन्टाईन बसाई सकेर मंगलबार आज आ–आफ्नो घर फर्किएका छन । मजदुरीका लागि भारत गएका उनिहरु भारतमा कोरोना संक्रमण फैलन थालेपछि चैत महिना शुरु भएपछि आफ्नो गाउँ फर्किएका थिए । गाउँपालिकाले वागेश्वरी माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टाईनमा बसेका २० जना मध्ये १७ जना १४ दिनको स्वास्थ्य निगरानीपछि आज घर फर्किएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञवालीले वताउनुभयो । दुई जना चैत १८ गते नै घर फर्किसकेका छन भने अब एक जना मात्र क्वारेन्टाइनमा रहेको पनि ज्ञवालीले जानकारी दिनुभयो । सरकारले भारतबाट आएका सबै व्यक्तिलाई क्वारेन्टाइमा राख्न निर्देशन दिएपछि दुई साता अघि उनिहरुलाई क्वारेन्टाइनमा ल्याई राखिएको थियो । गल्छी गाउँपालिकामा चैत महिना लागेपछि भारत लगायत विभिन्न देशबाट ८३ जना व्यक्ति गाउँ फर्किएको गाउँपालिकाले जनाएको छ । विदेशबाट आएका मध्ये भारतबाट ७५ जना, युएईबाट ४ जना, कोरिया,कतार,मलेसिया, बंगलादेशबाट १÷१ जना रहेका छन । अन्य मुलुकबाट भन्दा भारत बाट आउनेहरुको संख्या धेरै रहेको र भारतमा संक्रमण देखिएपछि समूहमा गाउँ फर्किएकहरुलाई दुई साता क्वारेन्टाईनमा राखिएको गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाले वताउनु भयो । भारतबाट आएका ७५ मध्ये २० जनालाई गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको थियो भने बाँकीलाई घरमै सुरक्षित बस्न निर्देशन दिईएको थियो । क्वारेन्टाइनमा रहेकाहरु कसैलाई पनि कोराना सँग मिल्दो मात्रै होइन अरु स्वास्थ्य समस्या पनि नदेखिएको उनिहरुको नियमित स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुले वताएका छन । दुई साताको बसाई पछि घर फर्किएकाहरुले आंफुहरुलाई शुरुमा नरमाईलो लागेपनि कुनै स्वास्थ्य समस्या बिना घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘आँखाले नदेख्ने रोगले भेटेको भए न हामी रहन्थ्यौं, नत घर परिवारनै । धन्न हामीलाई कुनै समस्या देखिएन यहिनै खुसीको कुरा भो’ क्वारेन्टाईनको बसाईबाट घर फर्कदै गर्दा उनिहरुले वताए । आज क्वारेनटाइनबाट घर फर्किएकाहरुमा गल्छी गाउँपालिका वडा नम्बर ८ का १६ जना र वडा नम्बर २ का एक जना रहेका छन । उनिहरुलाई गाउँपालिकाले आफन्तको जिम्मा लगाएर घर पठाएको हो । घर फर्काउनु अघि गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवाली लगायतले संसारभरी फैलिएको कोरोना महामारीबाट बच्नु भनेको आँफु सुरक्षित हुनु हो । क्वारेन्टाइनमा राख्दा कुनै समस्या नदेखिएपनि अब घर फर्किएर अझै सुरक्षित बसिदिन आग्रह गरेका थिए । Dnewsdaily.com को सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - २०:५५:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology