शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लहैलहैमा लागेर सडकमा क्लोरिन झोल छर्किएनौँ तर नागरिकलाई सचेत गराएका छौँ : अध्यक्ष सिलवाल

लहैलहैमा लागेर सडकमा क्लोरिन झोल छर्किएनौँ तर नागरिकलाई सचेत गराएका छौँ : अध्यक्ष सिलवाल

नागरिक पाटी

२६, चैत्र २०७६
  • 8.2K
    SHARES
  • धार्के । नेपाल अहिले लकडाउनको अबस्थामा रहेको छ । अहिले कतिपय स्थानिय तहहरुले राहतका कार्यक्रमहरु ल्याईरहेका छन् । यो समयमा दैनिक ज्यालामजदुरी गरेर खाने ब्यक्तिहरुको लागी राहतका कार्यक्रमहरु सरकारले ल्याईरहेको छ । यो अबस्थामा धादिङका बिभिन्न पालिकाहरुले पनि कार्यक्रमहरु गरिरहेका छन् । यस्तै अन्य पालिकाले जस्तो सडकमा क्लोरिन झोल नर्छर्किएको तर नागरिकलाई सचेत गराएको सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभएको छ । नागरिकपाटी सँग कुराकानी गर्दै उहाँले लहड र प्रचारबाजीको नाममा सडकमा क्लोरिन झोल नर्छकिएको तर सचेतनामुलक कार्ड वडा कार्यालय मार्फत घरघरमा पठाईएको बताउनुभयो । यस्तै आफ्नो पालिकामा हुन सक्ने सम्भाबित जोखिमहरुलाई कम गर्नको लागी क्वारेन्टाईन तथा आईसोलेसन निर्माणको काम भईरहेको उहाँको भनाई छ । उहाँले गाउँपालिकाले अहिले सचेतनाका कार्यक्रमहरुलाई पनि प्राथमिकता दिईरहेको बताउनुभयो । उहाँले अन्य स्थानहरुबाट आउने ब्यक्तिहरुलाई जाँच गर्ने तथा बिरामीलाई क्वारेन्टाईन तथा आइसोलेसनमा राख्ने ब्यबस्था मिलाईएको बताउनुभयो । तर अहिलेसम्म कुनै ब्यक्ति पनि बिरामी नभएको बताउनुभएको छ । उहाँले क्वारेन्टाईन तथा आईसोलेसन निर्माणमा सहजता साथै स्वास्थ्यकर्मीहरुले लगाउने पिपिइ लगायतका सामाग्री पनि उपलब्ध रहेको बताउनुभयो । उहाँले जोखिमको अबस्थामा एम्बुलेन्सहरुलाई तयारी अबस्थामा राखिएको बताउनुभयो । उहाँले गरिव, दैनिक ज्यालामजदुरी गर्ने सिद्धलेकका बासिन्दाहरुलाई राहतका कार्यक्रमहरु ल्याउने उहाँको भनाई छ  उहाँले वडा तथा गाउँपालिकाहरुले छनौट गरेर गरिव तथा दैनिक ज्यालादारीलाई राहात बितरण गरिने बताउनुभयो । अबको यो संकटको बेलामा सबै मिलेर अगाडी बढ्नुपर्ने र कुनै समस्या परे सिद्धलेक गाउँपालिकामा सम्पर्क गर्न सकिने अध्यक्ष सिलवालको भनाई छ ।  

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १६:५४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology