शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सातै प्रदेशमा कोरोना परीक्षण

सातै प्रदेशमा कोरोना परीक्षण

नागरिक पाटी

२६, चैत्र २०७६
  • 8.8K
    SHARES
  • काठमाडौँ । सातवटै प्रदेशका कोरोना भाइरस (कोभिड १९)का प्रयोगशाला नियमित परीक्षण भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को आशङ्कामा विभिन्न अस्पतालमा एक सय जना व्यक्ति आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले सो जानकारी दिनुभयो । उहाँका अनुसार एस सय व्यक्ति आइसोलेसनमा र नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी कुल सय जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै उहाँले देशभर एक हजार ७७६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको बताउनुभयो । उहाँले उपत्यका र उपत्यकाबाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भइरहेको भन्दै सातवटै प्रदेशका प्रयोगशालामा नियमित परीक्षण भइरहेको स्पष्ट पार्नुभयो । प्रवक्ता डा। देवकोटाले स्वास्थ्य मन्त्रालयले तयार पारेको मोबाइल एप्समा पछिल्लो २४ घण्टामा एक हजार ८५१ जनाले आफ्नो नाम दर्ता गराएको जानकारी दिनुभयो । उहाँले तीमध्ये १७ जना व्यक्तिलाई रेड जोनमा राखिएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य एपमा हालसम्म ११ हजार २३९ जनाले नाम दर्ता गराएकोमा १७२ जना रेड जोनमा छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १७:२२:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology