आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आत्मनिर्भर हुने गरी औषधि उत्पादन गर्न स्वास्थ्यमन्त्री ढकालको आग्रह

आत्मनिर्भर हुने गरी औषधि उत्पादन गर्न स्वास्थ्यमन्त्री ढकालको आग्रह

नागरिक पाटी

१, बैशाख २०७७
  • 7.6K
    SHARES
  • काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स् प्रालि। का तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले आगामी दिनमा औषधिमा आत्मनिर्भर हुन सकियोस् भन्नेर काम गर्नुपर्ने बताए । सो अवसरमा प्रालिका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल सहभागी थिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - ०२:३३:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology