आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोभिड १९ बाट पाँच लाख ९ हजारभन्दा बढि घर फर्किए

कोभिड १९ बाट पाँच लाख ९ हजारभन्दा बढि घर फर्किए

नागरिक पाटी

४, बैशाख २०७७
  • 7.7K
    SHARES
  • काठमाण्डौ । विश्वका विभिन्न देशमा कोभिड १९ बाट पाँच लाख ९ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्किए छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएको वल्डोमिटरले जनाएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ भने एक लाख ३४ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा सात हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय नाघेको छ भने १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७७ बिहिवार - १५:३५:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology