शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड १९का कारण विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख नजिक

कोभिड १९का कारण विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख नजिक

नागरिक पाटी

५, बैशाख २०७७
  • 4.9K
    SHARES
  • काठमाडौँ । कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार पाँच सय २१ पुगेको छ । झण्डै २२ लाख मानिसहरु संक्रमित भएका छन् । विश्वभरका संक्रमित मध्ये झण्डै ७ लाख संक्रमित अमेरिकामा फेला परेका छन् । विश्भर २१ लाख ८२ हजार १ सय ९७ जना संक्रमित मध्ये पाँच लाख ४७ हजार २ सय ९५ जना उपचारपछि निको भएका छन् । अहिले १४ लाख ८९ हजार ३ सय ८१ जनाको उपचार भइरहेकोमा ५६ हजार पाँच सय ५८ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार मात्रै झण्डै ७ हजार मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा २ हजार १ सय ७४, बेलायतमा ८ सय ६१,फ्रान्समा ७ सय ५३, इटालीमा ५ सय २५, स्पेनमा ५ सय ३ बेल्जियममा ४ सय १७ जनाको बिहीबार मात्रै मृत्यु भएको छ । अमेरिकामा हालसम्म ३४ हजार ६ सय १७, इटालीमा २२ हजार १ सय ७०, स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय २०, बेलायतमा १३ हजार ७ सय २९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएकोमा २ जना उपचारपछि निको भएका छन् भने १४ जनाको उपचार भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - १६:५४:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology