शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसका कारण विदेशमा १४ नेपालीको मृत्यु, करिब २ सयको हाराहरीमा संक्रमित

कोरोना भाइरसका कारण विदेशमा १४ नेपालीको मृत्यु, करिब २ सयको हाराहरीमा संक्रमित

नागरिक पाटी

५, बैशाख २०७७
  • 4.2K
    SHARES
  • काठमाडौं । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना संक्रमित छन् । अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीन जनाको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी छ ।अमेरिकामा ६० जना नेपाली संक्रमित छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली संक्रमित छन् । यो संख्या अझै धेरै रहेको अनुमान छ । बेलायत र अमेरिकापछि सबैभन्दा बढी नेपाली संक्रमित रहेको देश बहराइन हो ।नेपालको श्रम गन्तव्यमध्ये एक बहराइनमा २२ जना नेपाली संक्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।पोर्चुगलमा र कुबेतमा १२–१२, यूएईमा ११ अस्ट्रेलियामा र स्पेनका ८–८, स्वीटजरल्यान्डमा पाँच, साउदी अरबमा चार,जापानमा दुई ,इजरायल, हङकङ, न्युजिल्यान्ड र मलेसियामा एक(एक जना नेपाली संक्रमित छन् ।imagekhabar

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - १७:३१:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology