शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा स्थापना गरिएको हेल्प डेस्कबाट आठ सय भन्दा बढि पैदलयात्रीलाई सहयोग

गल्छीमा स्थापना गरिएको हेल्प डेस्कबाट आठ सय भन्दा बढि पैदलयात्रीलाई सहयोग

नागरिक पाटी

९, बैशाख २०७७
  • 6.2K
    SHARES
  • धादिङ । धादिङको गल्छीचोकमा स्थापना गरिएको हेल्प डेस्कले आठ सय भन्दा बढीलाई सहयोग गरेको छ । हेल्प डेस्कले हिँडेर आएकाहरूलाई रोकेर आराम गराई खाजा खुवाउनुका साथै उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएर सामान्य खालका समस्या भए औषधी दिनुका साथै गन्तव्यसम्म मोटर चढाएर पठाइदिने गरेको हा् । हेल्प डेस्क स्थापना भएपछि अन्य ठाउँबाट हिँड्दै आए पनि गल्छीबाट भने कसैलाई हिँडेर जान नदिइएको र जुन मोटर भेटिन्छ त्यसैमा चढाएर पठाउने गरिएको गल्छी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेन्द्र शाहले बताउनुभयो । । अहिले गल्छी प्रहरी चौकीले हेल्प डेस्कको सञ्चालन गरिरहेको छ भने गल्छी गाउँपालिका वडा नं–७ का अध्यक्ष हरि खतिवडाले यसको प्रत्यक्ष संयोजन गरिरहेका छन् । खतिवडाको संयोजनमा रहेको स्थानीय स्वयंसेवक टोलीले पैदलयात्रा गरेर आएकाहरूलाई गल्छीमा रोकेर सहयोग गरिरहेको नेपाल रेडक्रस सोसाइटी बैरेनी उपशाखाका उपसभापति केशव रिमालले बताउनुभयो । अहिलेसम्म यहाँबाट आठ सय जनाभन्दा बढीलाई गन्तव्यमै पुग्ने गाडी चढाएर पठाइसकिएको वडा अध्यक्ष खतिवडाको भनाई छ । हेल्प डेस्कले रोकेर पानी, खाजा खुवाउनुका साथै उपलब्ध मोटर चढाएर गन्तव्यसम्म पठाउने गरेको गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनु भयो । यस्तै बन्दाबन्दिको समय थपिँदै जाँदा आवश्यकता अनुसार वडाबाट सिफारिस भएका दैनिक ज्यालादारी मजदुर लगायतलाई राहत वितरणको काम भईरहेको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । यसका साथै गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले सबै वडाका स्वास्थ्य सँस्थाबाट नियमित सेवा प्रवाह गरिएको बताउनुभएको छ । उहाँका अनुसार विभिन्न सँघ सँस्थाहरु सँग समन्वय गरी थप जटिल परिस्थीती आईपरे यसको सामाना गर्न सक्ने गरी पालिकास्तरिय कोरोना रोकथाम समिती र वडा स्तरिय सँयन्त्र निर्माण गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - ०१:४१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology