शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा रहेको मोदीको भनाइ

कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा रहेको मोदीको भनाइ

नागरिक पाटी

११, बैशाख २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस कोभिड–१९ विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् । नेपाललाई आज बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन । नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताउँदै मोदीले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ । मोदीले लेखेका छन्, ‘भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका हुन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार - ०५:०३:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology