धादिङ । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण काठमाडौँमा रोकिएका गल्छी गाउँ पालिकाका ६२ जना व्यक्तिहरु गल्छी गाउँ पालिकाको अध्यक्ष कृष्णहरि श्रेष्ठको पहलमा गल्छी गाउँपालिका फर्किएका छन् । दैनिक ज्यालादारी मजदुर देखि विभिन्न कामको शिलशीलामा काठमाडौ पुगेका उनीहरु लकडाउनका कारण अवस्था नाजुक बन्दै गएपछि अध्यक्ष श्रेष्ठले २ वटा गाडीमा बन्दोवस्त गरि आफ्ना नागरिक गल्छी गाउँपालिका ल्याएका हुन् ।

अध्यक्ष श्रेष्ठले ‘२ वटा गाडीमा ६२ जना मानिसहरु बुधबार गल्छी गाउँ पलिकामा ल्याईएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले आफ्ना नागरिक पालिकामा लेराउनका लागि गरेको प्रयासमा केहि अवरोध गरेको पनि बताउनुभयो । प्रशासनसँगको समझदारीपछि रातको समयमा मात्र स्थानिय नागरिकलाई पालिकामा लेराईएको थियो ।

काठमाण्डौँमा रहेका आफ्ना नागरिकको उद्दारको लागि आफैँ गाडी चलाएर ६ नंको वडा अध्यक्ष राजन श्रेष्ठ जानू भएको थियो भने, ७ नं को वडा अध्यक्ष हरि खतिवडाको पनि सक्रिय सहभागीता थियो।

त्यसै गरि स्वास्थ जांचको लागि गल्छी गाउँ पालिकाको स्वास्थ संयोजक राम प्रसाद ज्ञवाली र समाजसेवी नवराज रिमाल पनि उद्दार कार्यमा संलग्न हुनुहुन्थ्यो।

स्थानिय नागरिकहरुको स्वास्थ अवस्था जाँच गरि ल्याईएको अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले यस अघि नागरिकपाटी डटकम मार्फत गल्छि आउन चाहनेलाई सम्पर्क गर्नु आव्हान गर्नुभएको थियो ।
भिडियो हेर्नुहोस्.....
https://youtu.be/hQZGHy9Kq-k
तस्बिर तथा भिडियो : विपिन मल्ल
यस अघिका भिडियोहरु हेर्नुहोस् ।
https://youtu.be/p9KM4OgF3lU
https://youtu.be/QySh5zGjO0A