शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना : १ लाख ९० हजारको मृत्यु, २७ लाख ३ हजार संक्रमित

विश्वभर कोरोना : १ लाख ९० हजारको मृत्यु, २७ लाख ३ हजार संक्रमित

नागरिक पाटी

१२, बैशाख २०७७
  • 5.1K
    SHARES
  • काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयमा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार कुल २७ लाख ३ हजार ६ सय १५ जना संक्रमित भइसकेका छन्। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८ लाख ६६ हजार ६ सय ४६ जना संक्रमित भइसकेका छन्। स्पेनमा २ लाख १३ हजार २४, इटालीमा १ लाख ८९ हजार ९ सय ७३, फ्रान्समा १ लाख ५९ हजार ४ सय ६०, जर्मनीमा १ लाख ५३ हजार १ सय २९, बेलायतमा १ लाख ३९ हजार २ सय ४६ र टर्कीमा १ लाख १ हजार ७ सय ९० संक्रमित भएका छन्। मृत्यु हुनेको कुल संख्या १ लाख ९० हजार ४ सय ९० पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या ४९ हजार नाघिसकेको छ। त्यस्तै, इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भइसकेको छ। निको हुनेको संख्या पनि दैनिक बढिरहेको छ। शुक्रबार बिहानसम्म कुल ७ लाख ३७ हजार ८ सय ६४ जना उपचारपछि निको भइसकेका छन्। निको हुनेको संख्या जर्मनीमा बढी छ। त्यहाँ १ लाख ३ हजार ३ सय उपचारपछि निको भइसकेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - १४:३५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology