शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

नागरिक पाटी

१२, बैशाख २०७७
  • 4.3K
    SHARES
  • काठमाडौं । कोरोनाले अमेरिकामा बाट मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलिए यता अमेरिकामा मात्रै कोरोनाका कारण ४९ हजार ७९६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३५६ को मृत्यु अमेरिकामा मात्रै २१ सय भन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ८२९ कोरोनाका नयाँ संक्रमित भेटिँदा अमेरिकामा मात्रै ३० हजार ७१३ छन् । हाल अमेरिकामा मात्रै ७ लाख ४४ हजार ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ हजार ९९७ को अवस्था गम्भीर रहेको छ । अमेरिकामा कोरोनाको जोखिम कम गर्न लगाइएको लकडाउन विस्तारै खुकुलो हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प सुरु देखि नै लकडाउनको विरोधमा छन् भने जनताले लकडाउन खोल्न माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् । एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - १४:३८:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology