शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पाँचौँ भूकम्प स्मृति दिवस : संकटका बेला एकजुट हुने परम्परालाई हामीले कायम राख्नुपर्दछ : राष्ट्रपति

पाँचौँ भूकम्प स्मृति दिवस : संकटका बेला एकजुट हुने परम्परालाई हामीले कायम राख्नुपर्दछ : राष्ट्रपति

नागरिक पाटी

१२, बैशाख २०७७
  • 6.2K
    SHARES
  • काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउएकाको स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्‍गभङ्‍ग भई हालसम्म पनि समस्यामा रहेका व्यक्तिहरुको सहज जीवनको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा उक्त कामना गरेकी हुन्। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनासकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेको सन्देशमा भनिएको छ। "भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ," सन्देशमा भनिएको छ, "प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।" सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ। यसबीचमा करिब पाँच लाख निजी अवास पुनर्निर्माण सम्पन्न हुनाका साथै करिब दुई लाख निजी आवास पुनर्निर्माणको प्रक्रियामा छन्। "भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनर्निर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन्," राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ुयसै सन्दर्भमा पुनर्निर्माण पुनःस्थापनाका कार्यमा लाग्नुहुने र सहयोग पुर्‍याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।" देशको भौगोलिक अवस्थाले गर्दा भूकम्प, बाढी, डुबान, पहिलाजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्यावरणमैत्री एवं सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोध बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्‍याउनपर्ने आवश्यक रहेको उनले बताएकी छन्। सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्दै भवनसंहिताअनुसार नयाँ संरचना बनाउने कार्यलाई अभियानका रुपमा अघि बढाउन आवश्यक सम्बन्धित निकायको ध्यान आकृष्ट गराइएको छ। "सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छु, सन्देशमा भनिएको छ, "भूकम्पपछिको राहत, उद्दार, पुनर्निर्माण तथा पुनर्निर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्यमा विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिएकी छु।" रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - १४:४०:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology