शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विभिन्न नाकाबाट वाग्मती प्रदेश भित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

विभिन्न नाकाबाट वाग्मती प्रदेश भित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

नागरिक पाटी

१३, बैशाख २०७७
  • 5.3K
    SHARES
  •   मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न नाकाबाट वाग्मती प्रदेश प्रवेश गर्ने जोकोहीलाई पनि अनिवार्यरुपमा स्यानिटाइज गर्न निर्देशन दिनुभएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश २ बाट वाग्मती प्रदेशको राजधानी हेटौँडा भित्रिने यात्रुलाई स्यानिटाइज गर्न हेटौँडा उपमहानगरपालिकाले जडान गरेको स्वचालित स्यानिटाइजर मेशिनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त काम स्थानीय तहले गर्नुपर्ने र प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले स्यानिटाइजरका लागि स्वचालित मेसिन प्रभावकारी हुने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशका अत्यावश्यक सेवा दिनुपर्ने विभिन्न स्थानमा तत्काल यस्तै स्वचालित उपकरण जडान गरिने उल्लेख गर्नुभयो । वडा नम्बर १५ रातोमाटेमा जडान गरिएको अटोमेटिक स्यानिटाइजर मेशिनको मुख्यमन्त्री पौडेलले शुक्रबार शुरुआत गर्नुभएको हो । उक्त मेशिनको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गबाट रातोमाटे हुँदै हेटौँडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्यरुपमा स्यानिटाइज गरिने जनाइएको छ । एक पटकमा चार जनासम्मलाई स्यानिटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी स्यानिटाइज गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त स्वचालित स्यानिटाइजर उपकरण २०० लिटर क्षमताको रहेको र दुई हजारलाई स्यानिटाइज गर्न सकिने जनाईएको छ । उपकरणको मूल्य रु एक लाख ६० हजार पर्ने बताइएको छ । आफूहरूले निर्माण गरेको स्वचालित स्यानिटाइजर मेसिन प्रभावकारी रहेको र चितवनमा पनि यो प्रविधि जडान गरिएको उत्पादक संस्था नेपाल युवा उद्यमी मञ्चले जानकारी दिएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७७ शनिवार - १६:०१:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology