शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तराई र काठमाडौंमा लकडाउन झनै कडा गर्ने तयारी

तराई र काठमाडौंमा लकडाउन झनै कडा गर्ने तयारी

नागरिक पाटी

१४, बैशाख २०७७
  • 5.7K
    SHARES
  • काठमाडौं । सरकारले तराई र काठमाडौंमा लकडाउन झनै कडाई गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक महिने लकडाउनको समीक्षा गर्दै स्वरूप परिवर्तन गर्नेगरी प्रस्ताव तयार पार्न लागेको हो । ती मन्त्रीका अनुसार काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा कुनै हालतमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन मन्त्रीहरूले सुझाव दिएका थिए । सरकारले पनि त्यहीअनुसार काठमाडौं उपत्यका र तराईका जिल्लामा झनै कडाइका साथ लकडाउन गर्ने, हिमाली र पहाडी जिल्लामा भने खोल्न सकिने प्रस्ताव तयार पारेको बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - १४:०७:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology