शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख बढि, अमेरिकामै मात्र ५४ हजारको मृत्यु

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख बढि, अमेरिकामै मात्र ५४ हजारको मृत्यु

नागरिक पाटी

१४, बैशाख २०७७
  • 4.3K
    SHARES
  • एजेन्सी । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । मृतकमध्ये ५३ हजार भन्दा बढि अमेरिकाका हुन्। आईतबार बिहान सवा ६ बजे सम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाबाट मारिनेको संख्या २ लाख ३ हजार १ सय ६२ पुगेको हो। कोरोनाबाट मारिनेमा अमेरिकामा सबैभन्दा धेरै छ। अमेरिकामा ५४ हजार २५६ जनाको मृत्यु भएको छ । त्यसपछि इटलीमा २६ हजार ३ सय ८४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६ सय १४ जना कोरोनाका कारण मृत्यु भएका छन् । बेलायतमा समेत कोरोना भाइरसबाट २० हजार जनाले ज्यान गुमाई सकेका छन्। कोरोनाकै कारण २९ लाख १९ हजार ४६२ जना सँक्रमित भएका छन् भने ८ लाख ३६ हजार ६१२ जना कोरोनाका कारण निको भएका छन् । कोरोनाको मृत्युदर बढिरहेको बेला विश्व स्वास्थ संगठनले एक पटक कोरोना लागेर निको भए पनि फेरि संक्रमणको जोखिम हुने बताएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - १४:२३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology