आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आमा ट्रेसी भन्छिन्, "तीन हप्ताकी छोरीले कोरोना जित्ली भन्ने मैले सोचेकै थिईनँ"

आमा ट्रेसी भन्छिन्, "तीन हप्ताकी छोरीले कोरोना जित्ली भन्ने मैले सोचेकै थिईनँ"

नागरिक पाटी

१४, बैशाख २०७७
  • 6.6K
    SHARES
  • एजेन्सी । स्कटल्याडमा ३ हप्ताकी कोरोना संक्रमित शिशु उपचारपछि निको भएर घर फर्किएकी छन्। उनी सोमबार दुई पटक जाँच गर्दा कोरोना भाइरस नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन्। ३ हप्ताकी शिशु प्याटन मगुइरे मार्च २६ मा जन्मेकी थिइन्। उनी समयभन्दा आठ हप्ता पहिले नै जन्मिएकी थिइन्। जन्मदा उनको तौल डेढ किलो मात्र थियो। शल्यक्रियामार्फत् उनको जन्म भएको थियो। उनलाई ुप्रि(एक्लेम्सियाु भएकोले पहिलो हप्ता इन्क्यूबेटरमा राखिएको थियो। उनलाई हल्का खोकी लागेपछि जाँच गर्नेक्रममा कोभिड १९ को संक्रमण भएको पाइएको थियो। उनकी आमा ट्रेसी मगुइरे आफ्नो तीन हप्ताको छोरीको नाकबाट कोरोना भाइरसको परीक्षण लागि स्वाब निकाएको अझै पनि सम्झिन्छन्। जुन दृष्य हेर्न उनलाई निकै गाह्रो भएको थियो। ‘त्यो पहिलो पटक थियो मैले छोरीको आँखामा आँसु देखेको। त्यो बेलामा मैले उसलाई समातेकी थिएँ। म रोइरहेको थिएँ। त्यो बेलामा हामीले एकअर्कोलाई सहारा दिएका थियौं।’ प्याटनमा अप्रिल १५ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। त्यतिबेलामा उनका आमाबुबालाई पनि आइसोलेसनमा बस्न भनिएको थियो। कसरी थाहा भयो कोरोना संक्रमण ? ‘पहिलो हप्तापछि छोरीलाई नुहाउने बेलामा हल्का लक्षण देखापरेको थियो। जुन सामान्य लक्षण भएकाले कोरोना नै हो भनेर पहिचान गर्न मुस्किल थियो,’ ट्रेसीले बिबिसी रेडियो स्कटल्यान्डको प्रोग्राममा भनेकी छन्। छोरी देशकै सबैभन्दा कान्छी कोरोना संक्रमित भएको थाहा पाउँदा साह्रै पीडा महसुस भएको आमा ट्रेसीले बताइन्। ‘डाक्टरले मसँग छोरी ठिक छ भन्दै नआत्तिन आग्रह गर्दै सान्त्वना दिनुहुन्थ्यो,’ ट्रेसीले ती दिन सम्झिइन्। ‘ऊ निकै स्वस्थ देखिन्थी। मैले सोचेकी थिएँ, कसरी भाइरसको संक्रमण भयो होला ररु’ उनी भन्छिन्, ‘यति सानो मान्छेले कसरी यो रोगसँग लडेर जित्ली भन्ने त्यो बेलामा मैले सोचेकै थिइनँ।’ प्याटनको फोक्सो बलियो बनाइराख्न ‘स्टेरोयड’ दिइएको थियो। नर्सहरुले उनीलाई राम्रो सँग हेरविचार गरेका थिए। हुन त छोरी जन्मदा गरिएको शल्यक्रियापछि ट्रेसीलाई घर जान आग्रह गरिएको थियो। १४ दिनसम्म बच्चीसँग अलग बस्न आग्रह गरिएको थियो। ‘चिकित्सकसँग फोनमा अनुरोध गरेकी थिएँ, म आफ्नी छोरीसँग टाढा रहन चाहन्नँ। अरुले जतिसुकै रेखदेख गरेपनि म उसकी आमा हुँ। उसलाई यदि सामान्य खोकी लागेको भएपनि म उसैसँग बस्न चाहन्छु,’ ट्रेसी बताउँछिन्। चिकित्सकले उनलाई त्यहाँ बस्ने अनुमति दिए तर उनका श्रीमान्लाई घर गएर आइसोलेसनमा बस्न भनियो। दिन बित्दै जाँदा कोरोनाबाट मानिसहरुको मृत्यु हुनेको संख्या बढ्दै थियो तर उनकी छोरी प्याटन भने निको हुँदै गइन्। ‘श्रीमानले आफूलाई असहाय ठान्नुभएको थियो। पहिलो कुरा त छोरी समयभन्दा पहिलो जन्मेकी थिइन्। म पनि बिरामी थिएँ। फेरि उहाँ श्रीमती र छोरीसँग बस्न पनि पाउनभएन,’ उनले भनिन्। चिकित्सक र नर्समाथि विश्वास अहिले ट्रेसी आफ्नी छोरीलाई लिएर घर फर्किसकेकी छन्। उनी र उनका परिवार चिकित्सक र नर्सहरुको खुलेरै तारिफ गर्छन्। ‘उनीहरुले साँच्चिकै अविश्वसनीय काम गरिराखेका छन्। ज्यान जोखिममा राखेर काम गरिरहेका छन्। उनीहरुले धेरै जोखिम उठाएर मेरो छोरी भोकै नबसोस् भनेर काम गरे,’ उनले स्वास्थ्यकर्मीहरूको प्रशंशा गरिन्। स्वास्थ्यकर्मीलाई धन्यवाद दिने शब्द आफूसँग नरहेको पनि बताइन्। ‘मेरी छोरी मेरा लागि संसारको सबैभन्दा अमूल्य उपहार हो। मैले उसको रेखदेख उनीहरुकै भरोसामा छोडिदिएँ,’ उनी भन्छिन्, ‘यो कुनै पनि आमाको लागि सबैभन्दा ठूलो मुस्किल काम हो, त्यसैले नर्सहरूको भरोसा गर्नुस्।’

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - १४:५०:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology