शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट बेलायतमा ३१ नेपालीको निधन

कोरोना संक्रमणबाट बेलायतमा ३१ नेपालीको निधन

नागरिक पाटी

१४, बैशाख २०७७
  • 7.6K
    SHARES
  • लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३१ नेपालीको निधन भएको पाइएको छ । नेपाली दूतावास लण्डन र गोरखा वेलफेयर ट्रष्टले राखेको अलगअलग अभिलेखबाट सो संख्या पुष्टि भएको हो । अभिलेखअनुसार हालसम्म कोरोनाबाट निधन हुनेहरुमा गोरखा भूतपूर्व सैनिकहरुको संख्या अत्यधिक देखिएको छ । हालसम्ममा २३ जना गोर्खा भूतपूर्व सैनिकहरुको कोभिड १९ बाट मृत्यु भइसकेको छ भने ८ जना गैरगोरखाले यस भाइरसबाट ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुममा २९ जना पुरुषहरु छन् भने २ जना महिला छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा पाको ९५ वर्षीय छन् भने सबैभन्दा कम उमेर ३२ वर्षका छन् । नेपाली दूतावास लण्डनले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ भने गोरखा वेलफेयर ट्रष्टले कोरोनाबाट मृत्यु हुने गोरखाहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ । दुवै स्रोतको सम्पर्क नपुगेका कोरोनाबाट बितेका नेपालीहरुको रेकर्ड छुट्न सक्ने भएकाले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या योभन्दा बढी हुनसक्ने पनि आशंका गरिएको छ । -वी नेपालीबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - १५:०६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology