आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब निजी प्रयोगशालाबाट पनि कोरोना परीक्षण हुने

अब निजी प्रयोगशालाबाट पनि कोरोना परीक्षण हुने

नागरिक पाटी

१६, बैशाख २०७७
  • 6.4K
    SHARES
  • काठमाडौं । सरकारले निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस कोभिड १९ परीक्षण गर्ने बाटो खोलेको छ। परीक्षणसम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड १९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी बाटो खोलेको हो। सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर निजी प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन । यस्तै आज सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ। यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ। यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ। नेपालमा संक्रमितको संख्या ५२ रहेको छ। अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन्। यसैगरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १ १ जना उपचाररत रहेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - ०२:२६:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology