शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ओली र नेपाल समूहबीच केन्द्रीय सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति

ओली र नेपाल समूहबीच केन्द्रीय सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति

नागरिक पाटी

१६, बैशाख २०७७
  • 4.9K
    SHARES
  • काठमाडौँ । नेकपामा विवाद उत्कर्ष पुगेका बेला पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भोली मग‌लबार केन्द्रीय सचिवालय बैठक डाक्ने अनौपचारिक सहमति भएको छ। कोटेश्वरस्थित नेता नेपालको निवासमा आज सोमबार भएको दुवै समूहको बैठकमा भोली मग‌लबार केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको भएको हो। बैठकमा सहभागि नेता रघुजी पन्तका अनुसार भोलीको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सहमति भएको हो। बैठकमा ओली समूहबाट नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र शंकर पोखरेल सामेल भएका थिए भने नेपाल समूहबाट भीम रावल, भीम आचार्य, रघुजी पन्त र सुरेन्द्र पाण्डे सामेल भएका थिए। देश सञ्चारबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - ०३:३६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology