शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनमा कोरोना महामारीपछि खुल्न थाले विद्यालय

चीनमा कोरोना महामारीपछि खुल्न थाले विद्यालय

नागरिक पाटी

१६, बैशाख २०७७
  • 5.2K
    SHARES
  • काठमाडौं । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् । सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहरमा यसअघि नै विद्यालयहरु खुलेका छन् । गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी छ । चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - १६:१३:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology