शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ४० हजार माथी

कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ४० हजार माथी

नागरिक पाटी

१६, बैशाख २०७७
  • 4.8K
    SHARES
  • काठमाडौं । विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख ४० हजार नाघेको छ। नेपाली समय अनुसार आज मंगलबार बिहान साढे ७ बजे सम्ममा विश्वमा ३० लाख ४० हजार ७ सय ९ जना मानिस संक्रमित भएको तथ्यांक छ। अमेरिकामा ९ लाख ८७ हजार ४ सय ६७, स्पेनमा २ लाख २९ हजार ४ सय २२, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२, जर्मनीमा १ लाख ५८ हजार ४ सय ३४, युकेमा १ लाख ५८ हजार ३ सय ४८, टर्कीमा १ लाख १२ हजार २ सय ६१ जना संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २ लाख ११ हजार ९९ जना मानिसको मृत्यु भएको छ। अमेरिकामा ५६ हजार ७ सय ९८, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ५ सय २१, फ्रान्समा २३ हजार २ सय ९३, युकेमा २१ हजार ९२ जना मानिसको मृत्यु भइसकेको छ। त्यसैगरी विश्वभर ८ लाख ९३ हजार ८ सय ७२ जना मानिस निको भएर घर फर्किसकेका छन्। स्पेनमा १ लाख २० हजार ८ सय ३२, जर्मनीमा १ लाख १४ हजार ५ सय, अमेरिकामा १ लाख ११ हजार १ सय ९७, चीनमा ७८ हजार ३ सय ६८, इरानमा ७० हजार ९ सय ३३, इटालीमा ६६ हजार ६ सय २४, फ्रान्समा ४६ हजार २ सय ९३ जना मानिस निको भएर घर फर्किसकेका छन्।एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - १६:२२:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology