शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सार्क राष्ट्रमा कोरोना भाइरसको तथ्यांक , कहाँ कति संक्रमित

सार्क राष्ट्रमा कोरोना भाइरसको तथ्यांक , कहाँ कति संक्रमित

नागरिक पाटी

१६, बैशाख २०७७
  • 6.6K
    SHARES
  • काठमाण्डौं । कोरोना भाइरसबाट सार्क देशको अबस्था यस्तो रहेको छ । भारतमा हिजो सोमबार १ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ। मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ। ७ हजार १ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा एकै दिनमा ५ सय भन्दा बढी मानिस संक्रमित थपिएको तथ्यांक छ। हिजो पाकिस्तानमा ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ९ सय १५ पुगेको छ। २ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ। ३ हजार २९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। बंगालादेशमा हिजो ४ सय ९७ जना मानिस संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ५ हजार ९ सय १३ पुगेको छ। १ सय ५२ जनाको मृत्यु भइसकेको छ। १ सय ३१ जना मानिसलाई निको भइसकेको छ। अफ्गानिस्तानमा १ सय ७२ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ। २ सय २० जना निको भइसकेका छन्। श्रीलंकामा हिजो ६५ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ५ सय ८८ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय २६ जना मानिस उपचारपछि घर फर्किसकेका छन्। माल्दिभ्समा १२ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय २६ पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्। नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। भुटानमा ७ जना संक्रमित भएका छन्। ४ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्यखबरको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - १६:४६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology