शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमितको संख्या ३१ लाख माथी , २ लाख १६ हजारको मृत्यु

कोरोना संक्रमितको संख्या ३१ लाख माथी , २ लाख १६ हजारको मृत्यु

नागरिक पाटी

१७, बैशाख २०७७
  • 4.5K
    SHARES
  • काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार ३१ लाख १३ हजार ४ सय ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि हुने देशहरुमा अमेरिका सबैभन्दा अघि छ। त्यहाँ १० लाख ११ हजार ८ सय ७७ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा २ लाख १ हजार ५ सय ५, फ्रान्समा १ लाख ६९ हजार ५३, बेलायतमा १ लाख ६२ हजार ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्वभर कुल २ लाख १६ हजार ९ सय ३० जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यस्तै, इटालीमा २७ हजार ३ सय ५९, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, बेलायतमा २१ हजार ६ सय ७८ को मृत्यु भएको छ। कोरोना संक्रमण भए पनि निको हुनेको संख्या पनि बढ्दै छ। बुधबार बिहानसम्म ९ लाख २५ हजार ७ सय ३० जना उपचारपछि निको भइसकेका छन्। नेपालमा पनि ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७७ बुधवार - १४:५९:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology