काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ। मन्त्रालयले आज बिहीबार पाँच बुँदे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय तहको समन्वयमा विद्यालय तहका कक्षा १ देखि कक्षा ९सम्मको रोकिएका वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न व्यवस्था मिलाउन अनुरोध छ।’
यसका साथै मन्त्राललयले सामाजिक दूरी कायम राख्दै नतिजा प्रकाशन पश्चात उपर्युक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन विद्यालयहरुको सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिएको छ। यसका साथै पाठ्यपुस्तकहरुको यथावत व्यवस्था गर्नुका साथै विक्रीवितरणको लागि सामाजिक दूरी कायम गरी सम्बन्धित जिल्लामा पठाउन समेत निर्देशन दिएको छ।