शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बहराइनमा १५७ नेपालीलाई कोरोना संक्रमण

बहराइनमा १५७ नेपालीलाई कोरोना संक्रमण

नागरिक पाटी

१९, बैशाख २०७७
  • 4.7K
    SHARES
  • काठमाडौं । बहराइनमा १ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै पटक ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिजो बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ– यसअघि १ सय २६ जना संक्रमित थिए । ३१ जना थपिएसँगै संक्रमितको संख्या १ सय ५७ पुगेको छ । हालसम्म बहराइनमा १ हजार ५ सय ३४ जना संक्रमित भेटिएका छन् भने ८ जनाको मृत्यु भएको छ । कोरोनाबाट बहराइनमा कुनै पनि नेपालीको भने मृत्यु भएको छैन् । बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ। यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०७७ शुक्रवार - १५:३३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology