आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रात अनि ऊनी

रात अनि ऊनी

विष्णु ठकुरी

२०, बैशाख २०७७
  • 13.8K
    SHARES
  • कविता चकमन्न रात सुनसान बस्ती बस्तिको छेउमा अवस्थित एउटा घर घरको एउटा कोठामा बन्धी ऊनी उर्फ! उस्को यादमा बन्धी ऊनी .. बस्तिका सबै-सबै सपनामा छन् तर ऊनी, वास्तविक बिपनामा दिन त केवल नामको मात्र बिपना हो जहाँ ऊनी जबर्जस्ती मुस्कुराउछिन्... दिनमा सबैसबै सङ खुब गफिने ऊनी रातमा आफैसङ पनि मौन रहन्छिन् तर , त्यही मौनतामा पनि खुब गफिदिन्छिन् ऊनी ऊ सङ...कल्पनामै घरी सजिन्छिन् रातो सारिमा, घरी घस्छिन् ओठमा रातो लाली, त घरी लगाउछिन् आखामा कालो गाजल, अनि अनुहार तिर झरेका केश मिलाउदै हल्का लजाएझै गरि मुसुक्क मुस्कुराउछिन् मानौ, ऊ सङ नजर जुधाउदै छिन् ...पहिलो पटक तर, जब ऎना अगाडि पुग्छिन्, छताछुल्ल भैदिन्छ्न् वास्तविकताहरु! सेतो सारी, फिक्का ओठ, सिन्दुरसङ बिछोडिएको सिउदो, र माला वरण गरि भित्तामा झुन्डिरहेको तस्वीर अनि बिर्सनकै लागी सम्झिन्छिन् शसस्त्र द्वन्दमा मारिएका उसलाई अर्थात पति हर्केलाई... भक्कानिदै तस्वीरलाई छुन्छिन्, अनि हिजो जस्तै आज पनि मन भरिने गरि रुन्छिन्! निकाल्छिन् कागजको एउटा खाली पन्ना लेख्न खोज्छिन् सरकारलाई चिठि प्रस्नैप्रस्न तेर्स्याएर.. शसस्त्र द्वन्दमा मारिएका हर्के अनि अरु हजारौ हर्के हरु, बेपत्ता पारिएका बिरे अनि अरु थुप्रै बिरेहरु, किन मारिए? केका लागि मारिए? किन बेपत्ता पारिए? यदि परिवर्तनकै निम्ति हो भने, रुकुम, रोल्पा, जाजरकोटका दुर्गम बस्तिको जनजीवनमा अझै पनि परिवर्तन किन आएन? आखिर त्यो परिवर्तन, १८हजारको बलिदान आजको यहि दिन देख्नको लागि मात्र हो? बेपत्ता परिवारजनको आशु कस्ले अनि कैले पुछ्ने? वास्तविक पीडितले न्याय कैले पाउने? यावत यावत प्रश्नहरु... टोलाउछिन् ऊनी केहिछिन, झसङ्ग झस्किन्छिन्, अनि सम्झिन्छिन्... जनताको सेवा गर्छु भन्दै प्रवचन दिनेहरु सत्तामा पुगेसी भ्रष्टाचारमा लिप्त भैरहेका तितो यथार्थ, कानुनलाई मुठ्ठीमा लिई मनोमानी गरिरहेकाहरु, अनि यस्तैयस्तै विद्यमान राजनैतिक बेतिथिहरु.... निरुत्तर हुनु भन्दा प्रश्न नगर्नुनै बेस ठान्छिन् सायद ऊनी र बन्द गर्छिन् कलम टुटुक्राटुक्रा पारिदिन्छिन् कागजको पन्ना.. आफना हजारौ सपना टुक्रीए जसरिनै अनि बगाउछिन् आशु केहिछिनको लागि किनकि पल्टिदै छ रातको पन्ना आउदै छ दिनको पन्ना यानकि उहि जबर्जस्ती मुस्कुराउनुपर्ने बाध्यता । ✍️बिन्दा थिङ हाल : काठमाण्डाैँ

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - ०६:४४:३५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology