शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट विश्वभर दुई लाख ३९ हजार भन्दा बढिको मृत्यु, ३४ लाख संक्रमित

कोरोनाबाट विश्वभर दुई लाख ३९ हजार भन्दा बढिको मृत्यु, ३४ लाख संक्रमित

नागरिक पाटी

२०, बैशाख २०७७
  • 5.7K
    SHARES
  • काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्वभर दुई लाख ३९ हजार ५८३ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका ३४ लाख ५९५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १० लाख ८१ हजार ५२६ जना भने उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ६५ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ भने ११ लाख ३१ हजार २८० जना संक्रमित फेला परेका छन् । अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २८ हजार २३६ जनाको मृत्यु भइसकेको छ भने २ लाख ७ हजार ४२८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यस्तै, स्पेनमा २४ हजार ८२४, फ्रान्समा २४ हजार ५९४, बेलायतमा २७ हजार ५१०, इरानमा ६ हजार ९१, बेल्जीयममा ७ हजार ७०३, जर्मनीमा ६ हजार ७३६, नेदरल्याण्डमा ४ अजार ८९३, टर्कीमा ३ हजार २५८, स्वीजरल्याण्डमा १ हजार ७५४, ब्राजिलमा ६ हजार ४१० जनाको मृत्यु भइसकेको छ । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन । नेपाल समाचारपत्र दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - १७:००:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology