शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना भाइरसबाट १ हजार २ सय २३ को मृत्यु

भारतमा कोरोना भाइरसबाट १ हजार २ सय २३ को मृत्यु

नागरिक पाटी

२१, बैशाख २०७७
  • 4.1K
    SHARES
  • काठमाण्डौं । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २३ जना पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ३६ हजार ५ सय ५२ पुगेको छ, जसमध्ये १ हजार १७ जना निको भएर घर फर्किइसकेका छन्। सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ११ हजार ५ सय ६ जना संक्रमित भएका छन् भने ४८५जनाको मृत्यु भएको छ। यस्तै, दिल्लीमा ३ हजार ७ सय ३८ जना संक्रमित भएका छन्। त्यहाँ ६१ जनाको मृत्यु भएको छ। अन्य बढी प्रभावित राज्यमा गुजरातमा २३६ को मृत्यु र ४७२१ संक्रमित, मध्यप्रदेशमा १४५ को मृत्यु र २७१९ संक्रमित, राजस्थानमा ६२ को मृत्यु र २६६६ संक्रमित, उत्तर प्रदेशमा ४३ को मृत्यु र २४५५ संक्रमित तथा आन्ध्रप्रदेशमा ३३ को मृत्यु र १५२५ संक्रमित भएका छन्। कम प्रभावित राज्यमा मिजोरममा १ संक्रमित, त्रिपुरामा २, मणिपुरमा २, पुणुचेरीमा ८, गोवामा ७ र अरुणाचल प्रदेशमा १ संक्रमित रहेका छन्। एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७७ आइतवार - १६:५३:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology