शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण २ लाख ४८ हजार बढीको मृत्यु, सङक्रमितको संख्या ३५ लाख ६२ हजार माथी

कोरोनाका कारण २ लाख ४८ हजार बढीको मृत्यु, सङक्रमितको संख्या ३५ लाख ६२ हजार माथी

नागरिक पाटी

२२, बैशाख २०७७
  • 4.9K
    SHARES
  • काठमाण्डौं । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट हालसम्म २ लाख ४८ हजार बढीको मृत्यु भएको छ । आज सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १सय ७ जनाको मृत्यु भएको हो । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघेको छ । २१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ । हालसम्म मृत्यु हुनेमा सबैभन्दा धेरैबढी अमेरिकामा ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको मृत्यु भएको छ । इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ । नेपालमा कोरोना भाइरसको सङक्रमित संख्या ७५ पुगेको छ। सङक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने अन्यको उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २२, २०७७ सोमवार - १६:०१:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology