शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको तुदी झरना स्थानिय नागरिकको गन्तव्य बन्दै

गजुरीको तुदी झरना स्थानिय नागरिकको गन्तव्य बन्दै

नागरिक पाटी

२३, बैशाख २०७७
  • 8.9K
    SHARES
  • नागरिक पाटी संवादाता गजुरी । धादिङको गजुरी गाउँपालिकाको तुदी झरना नागरिकलाई लकडाउनमा गन्तव्य बन्दै गएको छ । विश्वभर माहामारीका रुपमा फैलिरहेको कोराना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा तुदी झरना स्थानिय नागरिकको गन्तव्यका भएको छ । सरकारले लकडाउन अवधि थपेसंगै तुदी झरना गन्तव्य बनाउनको संख्या पनि थपिदै गएको गजुरी गाउँपालिका वडा नम्बर २ का स्थानीयले बताएका छन । झरनाको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयले बताएका छन् । झरनामा प्रतेक दिन एक सय भन्दा बढी मानिस परिवारका सदस्यहरु सहित झरना पुग्ने गरेको छन । विहानको खाना घरमा खाएर तयारी खाजा लिएर जाने दिनभर झरनामा खेल्ने अनि वेलुका घर फर्के गरेको गजुरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चूडामणि कडेलले जानकारी दिनु भएको छ । यस तुदी झरना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अपाध्यक्ष सिता ढुङगानाले बताएकी छिन । आगामी वजेटमा प्राथमिकतामा राखेर विकास गरिने उपाध्यक्ष ढुङगानाले बताउनु भयो । नेपालकै प्रसिद्ध माछा बजार मलेखु पुलबाट १० किलो मिटरमा सझना पुग्न सकिन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०७७ मंगलवार - ०१:२१:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology