शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लक डाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लक डाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

नागरिक पाटी

२४, बैशाख २०७७
  • 6.3K
    SHARES
  • काठमाडौं । सरकारले फेरि लक डाउन लम्बाउने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ५ गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको हो । अहिले जारी लक डाउन बिहीबार वैशाख २५ गते सकिंदै थियो । अब समय थपिएपछि जेठ ५ गतेसम्म निरन्तरता पाउनेछ । यस निर्णय अनुसार लक डाउन अब फेरि १० दिन थपिएको छ । यसअघि मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो । तर निजी क्षेत्रले पनि लक डाउन खुकुलो पार्न माग गर्दै आएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०७७ बुधवार - २२:०८:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology