शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भोलीका लागी डाकिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

भोलीका लागी डाकिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

नागरिक पाटी

२५, बैशाख २०७७
  • 5.1K
    SHARES
  • काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोली बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबारको बैठक स्थगित गर्न सहमत भएका हुन् । यसअघि वैशाख २० गते ९शनिबार० बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार)स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । जसअनुसार स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर आज बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो । तर, सचिवालय बैठकको बीचमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो । सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र बैठकका कार्यसूचीका सम्बन्धमा निर्णय गर्ने जिम्मा २ अध्यक्षलाई दिएको थियो । सचिवालय बैठक सकिएपछि २ अध्यक्ष ओली र प्रचण्डबीच छलफल शुरु भएको थियो । अध्यक्षद्वयको छलफलमा नै बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - ०३:५१:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology