२५, बैशाख २०७७
काठमाडौं । बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिंदै गौतम बुद्धले देखाएको शान्तिको बाटोमा हिंड्नुपर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ूयस शुभ दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्नेछ भन्नेज अपेक्षा गरेको छु । शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।ू विश्वमै परिरहेको ुकोभिड १९ु को महाविपत्तिबाट चाँडै मुक्ति पाउने विश्वास पनि सन्देशमा गरिएको छ ।ू
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरिएको शुभकामनामा अहिले विश्व नै शान्तिको चाहनामा तड्पिरहेकाले बुद्धको सन्देश अझ बढी सान्दर्भिक हुने विश्वास व्यक्त गरिएको छ । सन्देशमार्फत प्रधानमन्त्री ओलीले बिहीबार साँझ दीप प्रज्वलन गर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ूयस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह र अनुरोध गर्दछु।
कोरोनाभाइरसका कारण विश्व नै त्रासदीमा रहेको भन्दै नेपाल सरकारले शुरुदेखि नै चालेका प्रभावकारी कदमका कारण भयावह स्थिति आइनसनेको तर अझै सबैले सजगता अपनाउनुपर्ने पनि बताएका छन् । रासस
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार -
१६:३९:३६ बजे