शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा बाढीले दुई ओटा पुलको निर्माण सामाग्री बगायो, दुई करोड ५० लाख माथीको क्षति

धादिङको थाक्रेमा बाढीले दुई ओटा पुलको निर्माण सामाग्री बगायो, दुई करोड ५० लाख माथीको क्षति

नागरिक पाटी

२६, बैशाख २०७७
  • 7.5K
    SHARES
  • थाक्रे । धादिङको थाक्रे गाउँपालिकास्थित महेशखोलाको बाढीले बुधबार साँझ निर्माणाधीन दुईओटा पुलको निर्माण सामग्री बगाएको छ । पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने आठकिलो भन्ने स्थानमा ढलानको तयारीमा रहेको पुलको सबै सामान बगाएको पुल निर्माण कम्पनी भिजन कन्ट्रक्सनका सञ्चालक केशब गजुरेलले बताउनुभयो । उहाँका अनुसार थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्लेस्थित महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामाग्री पनि बगाएको छ । दुवै पुलको निर्माण सामग्री बगाउँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाक्रे गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - ००:२१:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology