शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति पुगेको कांँग्रेस चितवानको भनाई

प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति पुगेको कांँग्रेस चितवानको भनाई

नागरिक पाटी

२८, बैशाख २०७७
  • 6.1K
    SHARES
  • चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा अपरान्ह ३बजेर ५५ मिनेट जांँदा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहांँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ । पञ्चायत कालमा नेपाली काँग्रेस गीतानगर गाउँ कमिटीको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु भएका पाठकको निधनले सिंगो पार्टीलाई अपुरणीय क्षती पुगेको काँग्रेस चितवनलेका सचिब राजिब न्यौपानेले बताउनुभयो । संगठन बिस्तारसँगै आवश्यक सूचनाहरु पार्टीलाई दिनुका साथै सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै आउनु भएका पाठकको पार्थिब शरीरमा काँग्रेस चितवनका सचिब न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाउनु भएको थियो । उहाँको साँझ देवघाटमा अन्त्येष्टि गरिएको छ । उहांँ तात्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला, शुशील कोइरालाका समकालीनको रुपमा परिचित हुनुहुन्थ्यो । पर्वतको पाँङ्गराङ्गमा मामा वि।सं। १९८७ सालमा जन्मनुभएका पाठकका एक श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १६:३६:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology