शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतीय कदम प्रति नेपाल सरकारको आपत्ति, भारतीय राजदूतलाई दियो कुटनीतिक नोट

भारतीय कदम प्रति नेपाल सरकारको आपत्ति, भारतीय राजदूतलाई दियो कुटनीतिक नोट

नागरिक पाटी

३०, बैशाख २०७७
  • 6.1K
    SHARES
  • काठमाण्डौ । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ । नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति नेपाल सरकारले यसअघि नै विज्ञप्ति निकालेर आपत्ति जनाउँदै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरिसकेको छ । तर भारतले भने सडक निर्माण गरेको भूमि भारतकै रहेको दावी गर्दैै कोरोना संक्रमणपछि वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेको छ । सडक बनाएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालभित्र त्यसको चौतर्फी विरोध भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७७ मंगलवार - ००:४८:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology