शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सांसदहरुद्धारा नेपाल भारत सीमा क्षेत्रमा काँडेतार वा पर्खाल लगाउनुपर्ने माग

सांसदहरुद्धारा नेपाल भारत सीमा क्षेत्रमा काँडेतार वा पर्खाल लगाउनुपर्ने माग

नागरिक पाटी

३१, बैशाख २०७७
  • 4.3K
    SHARES
  • काठमाण्डौं । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताएकी छिन। अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमा क्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन् । सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घोर आपत्ति जनाइन् । सीमा क्षेत्रमा काँडेतार लगाउन आउँदो आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै उनले भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन् । सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रवन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनु पर्ने माग राखिन् । सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भए पनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाली नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । नयाँ पत्रिकाको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७७ बुधवार - २०:४९:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology