शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणको जोखिम बढेपछि धादिङ जिल्ला प्रबेशमा कडाई

कोरोना संक्रमणको जोखिम बढेपछि धादिङ जिल्ला प्रबेशमा कडाई

नागरिक पाटी

२, जेठ २०७७
  • 10.3K
    SHARES
  • धादिङ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिन् भएको छ । भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको निगरानी बढाइएको छ । खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिँदा स्थानीयवासीमा सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सवारी साधन रोक्न निषेध गरिएको उनले बताउन् भयो । जिल्लालाई सबै नाकाबाट भित्रिनेहरुलाई आउन बन्द गरी कोरोनाको जोखिम हुन नदिन जिल्लालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिन भएको छ । उहाँले भन्न् भयो जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा यही जेठ ५ गतेसम्मलाई सिल गरिएको छ । त्यसपछि अवस्था हेरेर अघि बढ्ने योजना छ । राजमार्गमा कडाइ गर्न थालेपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएको छ । यसअघि दिइएको सवारी पास खारेज गरिएको छ । यसका कारण सवारी आवागमन घटेको ट्राफिक प्रहरी कार्यालय गज्रीकाका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताएका छन् । वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यातायातका साधनले राजमार्ग नै भरिएको थियो । सरकारले अहिले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्नसमेत रोक लगाएका कारण सवारी साधन जिल्लाभित्र मात्र गुड्ने भएपछि केही अत्यावश्यक सवारी मात्र सञ्चालनमा रहेको छ । सीतापार्इला जीवनपुर सडकको छत्रेदेउराली, गल्छी, आरुघाट, बुङकोटघाट, बेनीघाटलगायतका नाकामा समेत निगरानी गरिएको छ । हिँडेर आउनेलाई समेत जाँच गरिएको छ भने कुनै शङ्कास्पद कोरोनाको लक्षण देखिएमा आरडिटीबाट जाँच गरिने योजना गरेको छ । अन्य जिल्लाबाट आउनुपर्नेलाई क्वारेनटाइनमा राखेर मात्र पछि घर पठाइने प्रहरीले स्थानीय सरकारलाई सहयोग गर्ने नीति बनाइएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाइ छ । जिल्ला बाहिरबाट तरकारी र फलफूल ढुवानी प्रतिबन्ध गरिएको छ । सबै सामग्री जिल्लाकै भएकाले बाहिरबाट ल्याउन नपाइने भएको हो । कोरोनाको जोखिम बढ्ने भएकाले बाहिरबाट सामान नल्याउने, पाँच महिनाका लागि चामलसमेत मौज्दात भएकाले धादिङ जिल्ला सुरक्षित गर्न सकिने अवस्थामा रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिएका छन । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - ०१:४६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology