शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार लकडाउन थप्ने तयारीमा

सरकार लकडाउन थप्ने तयारीमा

नागरिक पाटी

२, जेठ २०७७
  • 4.7K
    SHARES
  • सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ। आज शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा सो विषयमा छलफल भएको हो। लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन्। ‘अहिलेको अवस्थामा महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्न सबैले सुझाव दिएका छन्’,ती मन्त्रीले भनेका छन्। सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताएका छन्। सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - २३:१५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology