शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्वास्थ्य सेवा विभाग खारेज गरी राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाइने

स्वास्थ्य सेवा विभाग खारेज गरी राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाइने

नागरिक पाटी

३, जेठ २०७७
  • 5.7K
    SHARES
  • काठमाडौं । सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने बताएकी छी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन संरचना परिमार्जन सम्बन्धी प्रस्तावमा संघ अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी गरी एनसिडिसी स्थापना गर्ने प्रस्ताव गरेको थियो। संघमा राष्ट्रिय र प्रदेशमा प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना हुने भएको हो। आगामी बजेट भाषणमा यसका लागि बजेट विनियोजन हुनेछ। एनसिडिसिको चर्चा नेपालमा लामो समयदेखि हुँदै आएको छ। यसपटक कोरोना भाइरसले निम्त्याएको विश्व महामारी मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एनसीडिसि स्थापना गर्नुपर्ने प्रस्ताव गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०१:३३:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology